उरुग्वेसँग बराबरीमा रोकियो पाँचपटकको विश्वकप विजेता ब्राजिल

काठमाडौँ । फिफा विश्वकप छनोट फुटबलको आफ्नो पछिल्लो खेलमा पाँचपटकको च्याम्पियन ब्राजिल बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको बुधबार विहान सम्पन्न छनोट प्रतियोगितामा ब्राजिललाई बलियो प्रतिद्वन्द्वी उरुग्वेले १–१ गोलको बराबरीमा रोकेको हो ।
उक्त खेल ब्राजिलकै घरेलु मैदानमा खेलिएको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीका खेलाडीले एक–अर्काको पोष्टमा केही गतिला प्रहार गरे पनि गोल भने गर्न सकेनन् ।
दोस्रो हाफमा आठ मिनेटको बिचमा दुबै टोलीले एक–एक गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने भ्रमणकारी टोली उरुग्वेले लिएको थियो । निर्धारित समयको ५५औँ मिनेटमा उरुग्वेका लागि फेड्रिको भाल्भेर्डले पहिलो गोल गरेका थिए ।
तर, उरुग्वेको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ६२औँ मिनेटमा ब्राजिलका लागि स्टार खेलाडी गेर्सनले जवाफी गोल फर्काएका थिए । पाँचपटकको विश्वकप विजेता ब्राजिलले जारी छनोट प्रतियोगितामा खासै गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।
सहभागी १० वटै टोलीले १२–१२ खेल खेलिसक्दा ब्राजिल १८ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । ब्राजिलले पाँच जित, तीन बराबरी र चार हारको नतिजा निकालेको छ । उरुग्वे ब्राजिलसँग बराबरीमा रोकिएपछि त्यसको फाइदा अर्जेन्टिनालाई पुगेको छ ।
उरुग्वे २० अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । उरुग्वेले हालसम्म पाँच जित, पाँच बराबरी र दुई हारको नतिजा निकालेको छ । तालिकाको पहिलो स्थानमा आसिन अर्जेन्टिनाले भने उरुग्वेसँग पाँच अंकको अग्रता हासिल गरेको छ ।
पहिलो स्थानमा आसिन अर्जेन्टिनाको २५ अंक छ । इक्वेडर १९ अंकसहित तेस्रो र कोलम्बिया पनि १९ अंकसहित चौथो स्थानमा आसिन छन् । छैटौँ स्थानमा आसिन पाराग्वेले भने १७ अंक जोडेको छ । अंक तालिकाको माथिल्लो ६ स्थानमा रहने टोली विश्वकपमा छनोट हुने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका नेपाल र जापानबिच सहमति
-
बंगलादेशसँग हारेपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु
-
१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी