‘गोर्खा : बिनिथ द ब्रेभरी’ स्पेनिष भाषामा अमाजोन प्राइममा रिलिज हुने
काठमाडौँ । गतवर्ष प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ स्पेनिष भाषामा डबिंग गरेर अमाजोन प्राइममा रिलिज हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट अमाजोन प्राइमबाट ९० देशमा रिलिज हुन लागेको हो । यसअघि अंग्रेजी भाषामा फिल्म अमेरिका युके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज भएको छ ।
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित फिल्ममा गोर्खालीको त्याग, करुणा र मित्रताको कथा देखाइएको छ । २५ सेप्टेम्बर १९१५ मा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठुलो आक्रमण गरेका थिए ।
उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्विन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । उनकै कथालाई यो फिल्ममा देखाइएको थियो । यतिबेला २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।
शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण