नेपालले जित्यो मिसेस हेरिटेजको ताज
काठमाडौँ । नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी छन् । थाईल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा विभाले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि जितेकी हुन् ।
मिस तर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन् । दुवै शीर्ष विजेताले पर्सनालिटी विधाको अवार्डसमेत हात पार्न सफल रहे ।
सौन्दर्य प्रतियोगिता मार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगिताको सातौँ संस्करण हो ।
ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना रहेको प्रतियोगिताको संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले तथा सह–समन्वय दुर्गा बिशुरालले गरेका थिए । स्टेज प्रस्तुतिकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर वेस्ली शले संयुक्त रूपमा सम्हालेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।
‘हेरिटेज प्याजेन्टस् २०२४’मा यो पटक नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेशियाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण