नेपाल कम्युनिष्ट पार्टीका दोलखा सेक्रेटरीसहित १६ जनाले दिए सामूहिक राजीनामा
दोलखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका सेक्रेटरीसहित १६ जना नेता, कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा जिल्ला सेक्रेटरी अर्जुन योगीसहित १६ जना नेता, कार्यकर्ताले आज सामूहिक राजीनामा गरेका हुन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सम्बोधन गरी उनीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा विगत लामो समयदेखि पार्टीमा रहेर योगदान दिए पनि वर्तमान अवस्थामा विभिन्न कारणवश सँगै बस्न नसकिने अवस्था पैदा भएको उल्लेख गरिएको छ । पार्टी जिल्ला सेक्रेटरी योगीले कम्युनिष्टहरुको एकता, धुव्रिकरण र पुनर्मिलनका लागि सामूहिक राजीनामा दिएको र त्यसकालागि आफ्नो नेतृत्वमा ५१ सदस्यीय समिति समेत गठन गरेको बताए ।
सामूहिक राजीनामा दिनेहरुमा वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवं केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपालीलगायत रहेका छन् ।
नेकपाको दोलखा जिल्ला कमिटी तथा विभिन्न कमिटीको जिम्मेवारीमा रहेका नहकुल पोखरेल, दिपक केसी, मनोज भुजेल, कुमार मिजार, सिर्जना उप्रेती, मञ्जिला बस्नेत, सानुमाया थामी, रमेश तामाङ, शिरिष उप्रेती, कर्णवहादुर थामी, जयवहादुर खाती र पवित्रा थामीले पनि सामूहिक राजीनामा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण