‘सिलसिला’ निर्देशन गर्दै नरेश
काठमाडौँ । नरेश पौडेलको निर्देशनमा फिल्म ‘सिलसिला’ निर्माण हुने भएको छ । यसअघि चुनौती, हिरो, धड्कन, अभिमन्यु, दीपशिखा जस्ता थुप्रै हिट फिल्म दिएका पौडेलको यो फिल्म सुप्रिम फिल्मसको ब्यानरमा बन्न लागेको हो ।
सुर्य श्रेष्ठ निर्माता रहने फिल्म प्रेम कथानक हुनेछ । फिल्मको अहिले धमाधम गीत रेकर्ड भैरहेको छ । फिल्म तीन गीत रहनेछ । जसमा योगेश काजी शाहको संगीत, रमेश जंग बिस्टको शब्द रहने निर्देशक पौडेलले जानकार दिए ।
माघ २१ गते वसन्त पन्चमीको शुभ–अवसर पारेर छायांकनमा जाने तयारी गरेको फिल्मका लागि अहिले कलाकार छनौटको क्रममा छन् । केहि नयाँ र केहि पुराना कलाकारको अभिनय फिल्ममा रहने छ । फिल्मको लेखन समेत पौडेल आफैले गरेका हुन् ।
‘सिलसिला’ दशक अगाडि फिल्म बनेको थियो । जसमा विराज भट्ट र रेखा थापा मुख्य भूमिकामा थिए । त्यतिबेला यो नामबाट फिल्म निर्माता सिपी पौडेलले बनाएका थिए भने निर्देशक राजेन्द्र उप्रेती थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण