भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
बिहीबार, ०६ मङ्सिर २०८१, १८ : १६
काठमाडौँ । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीको सम्मानमा जंगी अड्डामा रात्रिभोजको आयोजना गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले द्विवेदीको सम्मानमा बिहीबार रात्रिभोजको आयोजना गरेको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले रातोपाटीलाई बताए ।
मंसिर ५ मा काठमाडौँ आएका द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सो दर्जा प्रदान गरेका हुन् । सेनापति द्विवेदीसँगै उनकी धर्मपत्नी सुनिता द्विवेदी पनि काठमाडौँ आएकी छन् ।
नेपाल र भारतका सेनाको बिचमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण