रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
एजेन्सी । रुसले युक्रेनमाथि मध्यम दुरीको नयाँ व्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफुहरुले प्रहार गरेको म्याक–१० प्रायोगिक व्यालेष्टिक क्षेप्यास्त्र (मिसाइल) ध्वनीमा १० गुणा र गतिमा प्रतिसेकेण्ड तीन किलोमिटर तेज रहेको भनी अभिव्यक्ति दिएका छन् ।
उनका अनुसार यो हाइपरसोनिक प्रणालीको उच्चतम नतिजा हो । एक व्यालेष्टिक क्षेप्यास्त्र आम रुपमा वायुमण्डल भन्दामाथि घुमाउरो बाटो समात्दै एक समान रुपमा आफ्नो लक्ष्यमा पुग्ने गर्दछ । तर, यो जब तल खस्न सुरु हुन्छ, गति झन् बढ्दै जान्छ । जसमा तीब्र गति दिने खालको ऊर्जा जडित हुने बताइन्छ ।
राष्ट्रपति पुटिनले समेत यस प्रकारका क्षेप्यास्त्रको घोषणमा मुख्य गरेर त्यसको गतिलाई प्राथमिकता दिएको बुझिन्छ । युक्रेनसँगको युद्धका दौरान अहिलेसम्म रुसले १२ हजार क्षेप्यास्त्र प्रहार गरिसकेको बताइएको छ । जसलाई असाधारण संख्या भनिएको छ । जसमध्ये ८० प्रतिशत क्षेप्यास्त्रलाई युक्रेनले रोकेको बताइन्छ । विपक्षीको परमाणु प्रतिरक्षा प्रणालीलाई चिर्न रुसले हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्रमा जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण