पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
काठमाडौँ । पेरुमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड कल्चर रनवे’मा नेपालबाट प्रशंसा बुढाथोकी र वसन्त लामिछाने सहभागी हुने भएका छन् ।
‘मोडल सुपरस्टार २०२४’का विजेता यी दुबैलाई प्रतियोगितामा स्मार्ट गफ एप प्रालीले पठाउन लागेको हो । स्मार्ट गफले एक विज्ञप्ति जारी गर्दै प्रतियोगीताका लागि दुवैले तयारी समेत थालिसकेको जनाएको छ ।
पेरुको लिमा सहरमा आगामी मार्च ८ देखि सुरु हुने प्रतियोगीको लागि बुढाथोकी र लामिछाने नेपाली कला संस्कृति र फेसनको प्रर्दशन गर्ने स्मार्ट गफ एपका सिइयो प्रमिला सिल्वालले जानकारी दिइन् । उनका अनुसार प्रतियोगीले दुई महिना विभिन्न प्रशिक्षण लिनेछन् । प्रतियोगितामा विभिन्न ४२ देशको प्रतिनिधित्व रहने छ ।
लामिछाने र बुढाथोकी केही दिन अगाडि थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट’मा पनि सहभागी भएका थिए । जसमा प्रशंसा बुढाथोकीले हेरिटेज ‘जेम्स युनिभर्स २०२४’को ताज र वसन्त लामिछानेले ‘मिष्टर हेरिटेज युनिभर्स २०२४’को शीर्ष उपाधि जित्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण