काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
काठमाडौँ । काठमाडौँका ३ ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ । नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दै छन् ।
ट्राफिक व्यवस्थापनका लागी काठमाडौँको ११३ स्थानमा डाइभर्सन प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी उमा प्रसाद चतुर्वेदीले रातोपाटीलाई बताए । ३ ठाउँको कार्यक्रमको ट्राफिक व्यवस्थापनका लागि ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम छ । सो क्षेत्रमा प्रवेश गर्न खोज्ने सवारी साधनलाई ट्राफिक प्रहरीले बिहानैदेखि केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरेको छ । दरबारमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको एसएसपी चतुर्वेदीले बताए ।
ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वर क्षेत्रमा सकभर सवारी नरोक्ने योजना बनाएको छ । प्रदर्शनमा सहभाागीहरुको चापलाई ध्यान दिएर आवश्यकता अनुसार सवारी डाइभर्सन गरिने एसएसपी चतुर्वेदीले बताए । उनले भने, ‘सहभागिताको चापलाई हेरेर सवारी डाइभर्सन गरिन्छ, माइतीघर मण्डलामा सकेसम्म डाइभर्सन गर्दैनौँ ।’
नेकपा एमालेको र्याली ११ बजेबाट भद्रकालीबाट सुरु हुँदै छ । र्याली सुरु भएसँगै आवश्यक स्थानमा डाइभर्सन गर्दै लगिने एसएसपी चुतर्वेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण