काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला
काठमाडौं । काठमाडौँमा तीनसहित विभिन्न स्थानमा पाँच जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुन कुमार राई सोही पसलको सटर अगाडि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंकै दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको वन जंगलको पानी ट्याङ्की नजिक खोल्सामा अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ रतनकोट बस्ने ७० वर्षीय टिका बहादुर विश्वकर्मा पनि त्रिपुरासुन्दरी गाउँपालिका-३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका-१२ डाँडा गाउँ बस्ने ५२ वर्षीय बुद्दिराम चौधरी सोही ठाउँस्थित कुलोको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण