सरकारले स्वदेशी उत्पादनभन्दा आयातलाई जोड दिइरहेको छ : उपाध्यक्ष वैद्य
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरजकृष्ण वैद्यले दैनिक २५ करोड बराबरको वस्तु अवैध रूपमा आयात भइरहेको बताए । आइतबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वैद्यले अवैध आयात बढ्दो रूपमा रहेको र यसले उद्योग व्यवसायी मारमा परेको बताए ।
‘दैनिक रूपमा २५ करोड बराबरको अवैध वस्तु एउटै नाकाबाट भित्रिरहेको छ । जसको कारण उद्योगीहरू मर्कामा परेका छन् । अर्कोतर्फ सरकाले अरबौँ राजस्वसमेत गुमाएको छ । यसकारण भन्सार नाका पूर्ण रूपमा टाइट गर्नुपर्छ’ उनले भने ।
पछिल्लो समय उद्योग क्षेत्रले दिने कुल ग्राहस्थ उत्पादन घट्दै गएको उनको भनाई छ । त्यसकारण सरकारले साना घरेलु तथा नवप्रवर्तनमा जोड दिनुपर्ने उनले बताए । सरकारले उद्योग क्षेत्रको विकासका लागि तयारी वस्तुभन्दा कच्चा पदार्थको आयातमा एक तह भन्सार शुल्क कम हुने व्यवस्था गरेता पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले बताए ।
पछिल्लो समय सरकारले आयातलाई जोड दिइरहेको बताए । ‘स्वदेशी उत्पादनभन्दा सरकारले आयातमा जोड दिइरहेको देखियो । युवाहरूले पनि उद्योग व्यवसाय केहि भन्ने बिर्सिसकेको छ । कलेज पढ्दै गरेका युवाहरूको सोच उद्यम गर्ने छैन खाली विदेश जाने छ । लाखौँ युवा रोजगारका लागि विदेश पलायन भएका छन् । स्टार्टअपको लागि सरकारले अरबौँ खर्च गर्दै आएको छ,’ उनले भने, ‘युवाहरूलाई बैङ्कमा विनाधितो ५० लाखसम्म ऋण दिन सके उद्यम व्यवसाय फस्टाउने थियो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण