संसद
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
आइतबार, ०९ मङ्सिर २०८१, १३ : ३३
काठमाडौँ । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले भोली अर्थात् सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।
सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् ।
‘स्वास्थ्यमा समस्याको कारण देखाउँदै उहाँले भोलीबाट लागु हुनेगरी राजीनामा दिनुभएको हो‚’ गिरीले भने । उनलाई सभामुख देवराज घिमिरेले गत असार १७ गते प्रतिनिधिसभा सचिविमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण