बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
हेटौँडा । बागमती प्रदेश सरकारले उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान गरेको छ । घरेलु तथा साना उद्योग तर्फबाट प्रदेशका १३ जिल्लाका १/१ वटा उत्कृष्ट र प्रदेशबाट एक सर्वोत्कृष्ट उद्यमीलाई नगद सहित प्रदेश सरकारले सम्मान गरेको हो ।
१० औँ उद्योग दिवसको अवसरमा हेटौँडामा आयोजित एक कार्यक्रमका बिच उद्यमीहरूलाई सम्मान गरिएको हो । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशका प्रत्येक जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्ड बमोजिम उच्च अङ्क प्राप्त गर्ने १३ जिल्लाका उत्कृष्ट एक÷एक उद्यमी र प्रदेशबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने एक सर्वोत्कृष्ट उद्यमी सम्मान गरिएको हो ।
मन्त्रालयका अनुसार प्रदेशबाट सर्वोत्कृष्ट उद्यमी काभ्रेको झ्याम्भल कृषि फर्म उद्योग प्रालि भएको छ । कृषि उत्पादन तथा बजारीकरणमा काम गरिरहेको उक्त उद्योगलाई नगद एक लाख रुपैयाँसहित प्रमाण पत्र सहित सम्मान गरिएको छ । उद्योगले स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थको प्रयोग गरेर अचार, विभिन्न प्रकारका क्याण्डीहरु उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ । हाल उद्योगमा १५ जनालाई रोजगारी पाइरहेको कार्यक्रममा बताइएको थियो ।
त्यस्तै कार्यक्रममा मकवानपुरबाट कोम्हेन्दो एकीकृत कृषि फार्म, हेटौँडा– १३, धादिङबाट युनिक पशुपन्छी तथा कृषि फर्म, नीलकण्ठ–८, रसुवाबाट एस. एस. टेलर्स एन्ड स्यानिटरी प्याड तथा माक्स, उत्तरगया–५, सिन्धुलीबाट बरपिपल दुना टपरी उद्योग, दुधौली–४, काठमाडौँबाट ओम फुड प्रोडक्ट, चन्द्रागिरी– ११ उत्कृष्ट उद्यमी घोषित भएका छन् ।
त्यसैगरी ललितपुरको सृजनशील कृषि फर्म बागमती–१, दोलखाको सुरी मैरी पालन तथा घार उद्योग गौरीशङ्कर–५, नुवाकोटको नव युवा कृषि फर्म सुर्यगढी–५, भक्तपुरको लक्ष्मी चिउरा उद्योग भक्तपुर–५, चितवनको एसियन नेपाली कागज उद्योग, भरतपुर–२८, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्ट्री मन्थली–१, सिन्धुपाल्चोकको कफी सहकारी उद्योग चौतारा साँगाचोक गढी–१० र काभ्रेको बि.जे.एस ह्याण्डीक्राफ्ट एन्ड पनौती सेभिनियर हाउस, पनौती–७ उत्कृष्ट उद्यमी घोषित भएका थिए । उत्कृष्ट उद्यमीहरूलाई नगद ४० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण