धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस भएको छ ।
आइतबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सेबोनका कार्यकारी अधिकृत नवराज अधिकारीले अन्तर्वार्ता दिएका थिए । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।
दुईपटक गरेर अन्तर्वार्तामा सहभागी भएका चारमध्ये समितिले तीन जनाको नाम सिफारिस गरेको हो । यसअघि सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । सन्तोषनारायण श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्वसञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारी धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । अधिकारी सेबोनको प्रवक्तासमेत हुन् । उनले सेबोनको निमित्त अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
सिफारिसमा परेका यी तीनमध्ये अब बस्ने मन्त्रिपरिषदको बैठकले एकजनालाई धितोपत्रको अध्यक्ष नियुक्त गर्नेछ ।
सिफारिसमा परेकामध्ये मुक्तिनाथ श्रेष्ठविरुद्ध संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्न सिफारिस गरेको व्यक्ति हुन् । रमेश हमाल बोर्ड अध्यक्ष हुँदा नियमन विभागमा रहेर स्वार्थ समूह अनुकूल काम गरेर भ्रष्टाचार गरेको आरोप लगाउँदै लेखा समितिले छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।
श्रेष्ठमाथि नियमन विभागका रहँदा आर्थिक लाभ लिएर नेटवर्थ ऋणात्मक भएका कम्पनीलाई आईपीओ ल्याउन अनुमति दिएको, स्वार्थ अनुकूल हकप्रद ल्याउन अनुमति दिएको लगायत आरोप छन् ।
सन्तोषनारायण श्रेष्ठ तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा थिए । उनी यसअघि स्वाभिमान लघुवित्तको अध्यक्ष समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण