पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’
काठमाडौंँ । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । गत १५ कात्तिकबाट पोस्टपोन्ड भएर आगामी पुस २६ मा पुगेको फिल्म यो मितिबाट पनि सरेको छ ।
निर्माण युनिटले फिल्मको एक पोस्टरमार्फत् फिल्म आगामी फागुन १४ गते (महाशिवरात्रि) मा प्रदर्शन गर्न लागेको जानकारी दिएका छन् ।
फिल्मका निर्देशक दीवाकर भट्टराई हुन् । निर्देशक भट्टराई यो तिमिमा नयाँ फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शन गर्ने तयारीमा थिए । यसको छायाङ्कन र पोस्ट प्रोडक्सनमा समय लाग्ने भएपछि उनले ‘मायावी’ फगुनमा पुर्याएका हुन् ।
यो मितिमा फिल्म ‘लाज शरणम्’ आउने तयारीमा छ भने त्यसको दुई दिनपछि ‘होस्टेल ३’ पनि आउँदैछ । ‘मायावी’ को सार्वजनिक पोस्टरमा पल र दीपिका प्रस्तुत छन् । जसमा उनीहरु रोमान्टिक भावमा चित्रित छन् । पोस्टरले फिल्मको कथा प्रेम र वियोगमा केन्द्रित रहेको संकेत गर्छ ।
निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने हुन् । फिल्ममा पल र दीपिकाको अलवा प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन, रवि डंगोल लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण