पुसमा म्याद सकिने ग्वार्को फ्लाई ओभरको ‘ड्रोनभ्यू’
सोमबार, १० मङ्सिर २०८१, १४ : २९
काठमाडौँ । २०७८ सालको फागुन १२ गते ठेक्का गरी निर्माण सुरु भएको ग्वार्को फ्लाई ओभरको थपिएको म्याद पनि यही पुस ८ गते पूरा हुँदैछ । फ्लाई ओभरको पहिलो म्याद २०८० फागुन ११ गते निर्माण सम्पन्न हुने गरी २०७८ फागुन १२ गते ठेक्का लागेको थियो भने समयमा काम नसकिए पछि पुन म्याद थप गरी २०८१ पुस ८ सम्म गरिएको थियो ।
१७ करोड ०६ लाख ८८ हजार ८८८ रुपैयाँमा फ्लाई ओभरको ठेक्का तोकिएको थियो भने अहिलेसम्म फ्लाई ओभरको भौतिक प्रगति ९८ प्रतिशत छ । वित्तीय प्रगति ४५.५४ प्रतिशत छ । ७ करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ भुक्तानी भइसकेको मन्त्रालयले जानकारी दिएको छ । ३० मिटर स्पानको ४ लेनको पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँले गरिरहेको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण