बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
काठमाडौँ । बाल मानव अधिकारकर्मीहरूको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौँमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एसियाली पहल (साइवाग) रहेका थिए ।
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त कार्यक्रमको समापन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री साहले बालबालिकाहरु भोलिका कर्णधार भएको भन्दै अहिलेको बालबालिकामा भोलिको सुन्दर नेपालको नेतृत्वकर्ता देखिरहेको बताए । आजदेखि महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको दिन समेत रहेको भन्दै उनले सम्मेलनमा सहभागी बालबालिकालाई उमेर नपुगी विवाह नगर्ने र दाइजो नलिने नदिने प्रतिज्ञा गर्न आग्रह समेत गरे । उनले कम उमेरमा विवाह गर्ने कानुन २० वर्ष अघि नै बनेको भन्दै कानुनले मात्रै समस्या समाधान नहुने बताए ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले सम्मेलनले जारी गरेको २५ बुँदे घोषणापत्रलाई परिषद्ले कार्यान्वयन गर्ने बताए । उनले बालबालिकालाई तेस्रो आँखाबाट क्रियटिभ थिङ्किङ गर्न आग्रह समेत गरे । उनले फिनल्याण्डमा ३२ वर्षको उमेरमा प्रधानमन्त्री भएको उदाहरण दिँदै अहिलेका बालबालिकाहरू त्यो अनुहार देखिरहेको बताए ।
कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले एउटा चियापसलमा बनेको योजनाले भव्य सम्मेलन आयोजना गर्न सम्भव भएको भन्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए । समापन कार्यक्रममा साइवागका महासचिव रिञ्चेन छोपेल, एनएसीजी नेपालकी ऋतु भट्टराई लगायत आयोजक संस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी र सातै प्रदेशबाट आएका बाल प्रतिनिधिहरूको समेतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण