मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
मङ्गलबार, ११ मङ्सिर २०८१, ०८ : ३१
रौतहट । रौतहटस्थित सन्तपुर मेलामा रक्सी पिएर मारपिट गर्ने ५ जना मानिसलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। चन्द्रपुर नगरपालिका ४ का वर्ष २० को सागर चौधरी, वडा २ का वर्ष २१ को प्रकाश बहादुर कटुवाल, वडा ७ का वर्ष २१ को राजेश थापा मगर, अरुण राना मगर र गुजरा नगरपालिका २ का वर्ष २६ को सुजन तामाङ लाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।
उनीहरूमाथि सोमवार अभद्र व्यवहार मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए।
सन्तपुर मेलामा आइतबार राति साढे १२बजेको समयमा चन्द्रपुर ४ बस्ने सौकत अन्सारीलाई कुटपिट गरी बियरको बोतलले समेत प्रहार गरिरहेको अवस्थामा मेला सुरक्षामा खटिएको प्रहरी टोलीले उनीहरू पाँचै जनालाई पक्राउ गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण