कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाइएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था ज्यादै नाजुक अवस्थामा पुगेको भन्दै आजदेखि लागु हुनेगरी उक्त बैंकको कारोबार रोक लगाउने निर्णय गरेको हो ।
बैंकले गत साउनमा गरेको सुपरिवेक्षणका क्रममा बैंकले तोकेएबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको पाइएको र यसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।
यो अवस्थामा राष्ट्र बैंक ऐनले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली अनुसार ६ महिनाभित्र सुधार गर्नेगरी शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको हो ।
उक्त बैंकले असार मसान्तको वित्तीय विवरणमा निष्क्रिय कर्जा ७ प्रतिशत मात्रै रहेको देखाएको थियो । लगत्तै स्थलगत अनुगमन गर्दा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पाइएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि कर्णाली डेभलपमेन्ट बैंक पटक पटक विवादमा पर्दै आएको थियो । कर्मचारीहरूको सेटिङमा बिनाधितो र अनधिकृत धितो राखेर बैंकले ऋण दिएको विषयमा बैंक पटक पटक विवादमा पर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
गृहमन्त्री रमेश लेखकलाई प्रश्न, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?