दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
सोल । दक्षिण कोरियाले एक पुरुषलाई जेल सजाय सुनाएको छ । सेनामा अनिवार्य सेवा छल्नका लागि मोटोपनाको सिकार हुने गरी खाएको भन्दै ती पुरुषलाई अभियोग चलाइएको थियो ।
नाम सार्वजनिक नगरिएका उनलाई सोलको एउटा अदालतले नोभेम्बर १३ मा सुनाएको फैसलामा देशको सैन्य सेवा ऐनको उल्लङ्घन गरेको भन्दै एक वर्षको जेल सजाय तोकेको समाचारमा उल्लेख छ ।
सेनामा काम गर्नेक्रममै १०२ किलो तौलको भएपछि गएको वर्ष जुनमा उनलाई सक्रिय ड्युटीबाट हटाइएको थियो । त्यसको ६ वर्ष अघि भने उनी सेनामा सेवाका लागि प्रारम्भिक शारीरिक परीक्षाबाट योग्य साबित भएका थिए । तौल बढाउन पुरुषले उच्च क्यालोरीयुक्त खानेकुरा खाएको अनि शारीरिक परिश्रम पर्ने काम पनि गर्न नमानेको र जानी जानी तौल बढाउन तौल नाप्नु अघि उच्च मात्रामा पानी खाएको न्यायाधीशले फैसलामा भनेका छन् ।
ती पुरुषलाई त्यस्तो युक्ति सुझाउने अर्का पुरुषलाई पनि ६ महीनाको जेल सजाय सुनाइएको छ । कोरियाली युद्धयता दक्षिण कोरियामा सक्षम सबै पुरुषले २८ वर्ष पुग्ने बेलासम्म अनिवार्य रूपमा कम्तीमा १८ महिना सेनामा सेवा गर्नु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण