व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
बुटवल । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलविरुद्ध सामाजिक सञ्जाल लेखेपछि कारबाहीको सिफारिस भएका नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा बहादुर चौधरीले व्यक्तिगत इगो साध्नको लागि कारबाहीको नाटक गरेको प्रतिक्रिया दिएका छन् ।
उनले सरकारले गरेका कतिपय कामहरू आधारभूत वर्गको पक्षमा नभएको र जनतासँग जोडिएका विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदा आफूलाई स्पष्टीकरण सोधिएको रातोपाटीलाई बताए । बाँके जिल्ला कमिटीले विधानभन्दा बाहिर गएर पार्टी सदस्यबाट निलम्बन गरेको पनि बताए । एमाले बाँकेले उनलाई निलम्बन गर्नका लागि पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
उनले जिल्लाबाट सिफारिस प्रदेशलाई गर्ने र प्रदेशले केन्द्रमा गरेपछि संसदीय दलमा छलफल भएपछि वैधानिकता पाउने भएपनि जिल्लाबाट माथिल्लो निकाय पठाएको पत्र नै सार्वजनिक गर्नु गैरजिम्मेवारीपन भएको प्रतिक्रिया दिए ।
चौधरीले आफू आधारभूत वर्गबाट आएकाले ती वर्गमा समस्यालाई केन्द्रित रहेर आवाज उठाउनु आफ्नो दायित्व भएको बताए । उनले जिल्लाका साथीहरूले व्यक्तिगत इगो साध्नका निलम्बनका लागि सिफारिस गरिएको बताए । उनी बाँके निर्वाचन क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका प्रदेश सभा सदस्य हुन् ।
चौधरी यसअघि एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिव पनि थिए । पार्टीको नीति विपरीत गतिविधि गरेको भन्दै उनलाई प्रदेश कमिटीबाट पनि हटाइएको थियो । पछिल्लो समय उनले मङ्सिर ७ मा एमालेले काठमाडौँमा गरेको जागरण सभाको विरुद्धमा फेसबुकलगायत सामाजिक सञ्जालमा विरोध गरेका थिए । त्यसपछि पार्टीले कार्तिक ५ गते प्रस्टीकरण सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण