युक्रेनमा रुसले प्रयोग गरिरहेको मिसाइल बनाउने कारखानालाई उत्तर कोरियाले गर्यो विस्तार
प्योङयाङ । युक्रेनसँगको युद्धमा रुसले प्रयोग गरिरहेको उत्तर कोरियाली क्षेप्यास्त्र बनाउने कारखानालाई उत्तर कोरियाले विस्तार गरेको छ । अमेरिकास्थित बौद्धिक समूहको नयाँ अनुसन्धानले यस्तो देखाएको हो ।
मिडलबरी इन्ष्टिच्यूट अफ इन्टरनेशनल स्टडिजको जेम्बस मार्टिन सेन्टर फर ननप्रोलिफरेशन स्टडिजका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानअनुसार उक्त कारखानाले केएन–२३ क्षेप्यास्त्र (ह्वासोङ–११ए) र केएन–२४ (ह्वासोङ–११बी) मिसाइल दुबै बनाइरहेको थियो ।
हामहुङमा रहेको यो कारखानामा यस अघि उत्तर कोरियाली नेता किम जोङ उन पनि पटक पटक पुगेका थिए । हालैका दिनमा रुसले युक्रेनमाथि हमलामा उत्तर कोरियामा बनेका क्षेप्यास्त्रको प्रयोग बढाएको छ । युक्रेनमा रुसले हानेको हरेक तीन मध्ये एउटा मिसाइल उत्तर कोरियाली भएको युक्रेनका सैन्य अधिकारीलाई उद्धृत गर्दै सीएनएनले समाचार पनि छापेको थियो ।
यतिबेला रुस र उत्तर कोरियाबिच सैन्य सम्बन्ध गहिरिएर शीतयुद्ध नदेखिएको स्तरमा पुगेको छ । यो वर्षको सुरुमा यी दुई देशले युक्रेनी युद्धमा रुसलाई सघाउन उत्तर कोरियाली सेना पठाउने सहमति पनि गरेका थिए ।
उत्तर कोरियाले हमहुङस्थित कारखानाको क्षमता र आकार बढाएको हालै सार्वजनिक भएका सेटलाइट इमेजले देखाएका छन् । यस कारखानामा कामदारको सङ्ख्या पनि बढाइरहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण