रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
बुधबार, १२ मङ्सिर २०८१, १७ : १६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई परियारले मङ्गलवार बिहान सिंहदरबारमा भेटेका हुन् ।
‘सन्तोषजीले मङ्गलवार बिहान सिंहदरबार आएर प्रधानमन्त्रीज्यूलाई भेट्नुभएको हो । भेटमा के कुराकानी भयो भन्ने जानकारी भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘निजी काम हो वा पार्टीगत भन्ने उहाँलाई नै सोध्नुहोला ।’ भेटवार्ताबारे परियारसँग बुझ्न खोज्दा उनको मोबाइल अफ रहेको पाइयो ।
यसअघि पनि रास्वपाका उपसभापति डीपी अर्याल लगायतले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । रास्वपाले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै सरकारको आलोचनासहित आन्दोलन गर्दै आएको छ । संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण