लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
भैरहवा । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक इन्धन भण्डारण (डीपो) निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा निर्माणका लागि डीपीआर तयार गर्न बुधवार निगमका उपनिर्देशक प्रदीप यादव र केयुको कन्सल्टेन्सी विभाग प्रमुख विवेक बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एक करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ ५५ पैसामा डीपीआर तयार गर्ने ६ महिनाभित्र डीपिआर तयार गर्ने सम्झौता भएको छ । निगमले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब १४.७ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने बताएको छ । सो डिपो २०८४ मङ्सिरसम्म स्थानान्तरण गरिने निगमका उपनिर्देशक प्रदीप यादवले जानकारी दिए ।
निर्माण सुरु भएको तीन वर्षमा सक्ने योजना रहेको यस परियोजनाको कुल लागत तीन अर्ब २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको यादवको भनाइ छ । अहिले भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको भलवारीस्थित करिब साढे पाँच बिघा जमिनमा लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ । कुल ५१९ किलोलिटर पेट्रोल, तीन हजार ४० किलोलिटर डिजेल र १४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्याङ्क रहेका छन् ।
बढ्दो खपतको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून रहेकाले यहाँबाट स्थानान्तरण गर्नुपर्ने भलभारी डिपोका प्रमुख शैलेन्द्र भुसालको भनाइ छ । अहिलेको पेट्रोलको भण्डारण क्षमताले दुई दिन र डिजेलको क्षमताले पाँच दिनको माग मात्रै धान्ने भएकाले स्थानान्तरण गरिने भुसालले बताए ।
भलवारी डिपोमा जग्गा अभावका कारण ट्याङ्कर पार्किङ गर्न समस्या परेको र पार्किङस्थल उपलब्ध गराउन नसक्दा सडकमै रोक्नुपर्ने बाध्यतासमेत रहेको उनको भनाइ छ । ‘डिपो सञ्चालनका क्रममा बढ्दै गएको सुरक्षाको चिन्तालाई मध्यनजर गरी सार्न लागिएको हो । अत्याधुनिक प्रविधिसहित डिपो निर्माण गर्ने छौँ,’ भुसालले भने, ‘डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको दबाब र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्न रोहिणी खोला किनारमा नयाँ डिपो निर्माण गर्न लागेका छौँ ।’
अब, आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठुलो क्षमताको स्टोरेज ट्याङ्कसमेत बनाइने बताए । भुसालकाअनुसार नयाँ बन्ने डिपोमा डिजेल भण्डारणका लागि तीन हजार किलोलिटर क्षमताको तीन ठुलो भर्टिकल ट्याङ्की निर्माण गरिनेछ ।
यस्तै पेट्रोल भण्डारणका लागि दुई हजार दुई सय ८० किलोलिटर र मट्टितेल भण्डारणका लिग पाँच सय किलोलिटरको ट्याङ्क निर्माण हुनेछ । डिपोमा कम्तीमा १५० वटा ट्रक तथा ट्याङ्क सजिलै आवतजावत गर्न सक्ने पार्किङ स्थल पनि बन्नेछ ।
अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपिआइ) मापदण्डअनुसार निर्माण हुने डिपोमा नयाँ प्रविधिको सुरक्षा प्रणाली जडान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण