शिक्षामन्त्री भट्टराई र विकास साझेदारहरूबीच शिष्टाचार भेट
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विकास साझेदारहरूबीच शिष्टाचार भेट भएको छ । विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका संयुक्त विकास साझेदारहरूले मन्त्री भट्टराईसँग शिष्टाचार भेट गरेका हुन् ।सो क्रममा
मन्त्री भट्टराईले संयुक्त वित्तीय साझेदारका प्रमुख तथा प्रतिनिधिलाई विकास साझेदारहरूले नेपालको शिक्षा क्षेत्रमा गरेको सहायताको प्रशंसा गरिन् । अन्य विकास साझेदारहरूको तर्फबाट हाल कार्यान्वयनको क्रममा रहेको विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरूको समीक्षा गरी आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने विषयमा नेपाल सरकारसँग संयुक्त रूपमा सहकार्य गर्ने बताइन् ।
नेपालको शिक्षा क्षेत्र सुधार गर्न शिक्षकको प्रमुख भूमिका हुने र शिक्षकको गुणस्तर सुधार आवश्यक रहेकोले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोग जस्ता विषयहरू प्राथमिकतामा राख्न अनुरोध गरिन् ।
भेटका क्रममा नेपालका लागि नर्वेजियन राजदूत टोरुन ड्राम्डाले नर्वे सरकारले नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको बताए ।
राजदूत ड्राम्डाको नेतृत्वमा एडीबी, यूएस आईडी, युनिसेफ, यूरोपियन युनियन, वल्र्ड बैंक, जीपीईका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण