कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
धनगढी । कैलालीमा ६ लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको करिब ६ लाख २ हजार ६५० मूल्य बराबरको अवैध बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले त बरामद गरिएका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको बताए ।
प्रहरीले धनगढी उप–महानगरपालिकास्थित आदर्श चोक र त्रिबेणीघाटबाट ३२ हजार ७५० मूल्य बराबरको माछा, चिनी, प्याज र किराना सामान फेला पारेको थियो । त्यसैगरी जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाडाबाट २ लाख ३१ हजार ८ सय बराबरको कपडा फेला पारेको छ ।
जिल्लाको कैलारी गाउँपालिका ५ मनिकापुरबाट करिब १ लाख ९५ हजार ५ सय बराबरको २०० एएच ईनभटर, ब्याट्री, कपडा र नाइलन रसी फेला पारेको छ । कैलालीको टीकापुर नगरपालिका ८ बेलुवाबाट १ लाख ८ हजार ४ सय बराबरको तेल, मोजा, छिद्रा माछा र मम्फली बरामद गरेको छ ।
जिल्लाको भजनी नगरपालिकास्थित काँडा र पहलवानपुरबाट ३० हजार २ सय बराबरको छिद्रा माछा, हरियो खुर्सानी र सिंगाडा बरामद गरेको छ । त्यस्तै जोशीपुर गाउँपालिका ३ फाडियाबाट ४ हजार बराबरको चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण