सिन डिडीको बेल तेस्रो पटक पनि अस्वीकृत
बिहीबार, १३ मङ्सिर २०८१, १२ : ०५
वासिङ्टन डीसी । अमेरिकी र्यापर सिन डिडी कम्बको बेल अस्वीकृत भएको छ । न्यूयोर्क सहरका एक न्यायाधीशले उनको बेललाई अस्वीकृत गरेका हुन् । योसँगै तेस्रो पटक पनि कम्बले बेलका लागि दिएको याचिका खारेज भएको छ । यस अघि पनि हिरासतबाट रिहाईका लागि कम्बले दिएको याचिका दुई पटक खारेज भइसकेको थियो ।
कम्बमाथिको मुद्दाको ट्रायल सन् २०२५ को मेमा मात्रै सुरु हुनेछ । यसको अर्थ सो मितिभन्दा अगाडि कम्ब हिरासत मुक्त हुने सङ्केत छैन । यतिबेला कम्ब न्यूयोर्कको ब्रुकलिनपस्थत महानगरीय हिरासत केन्द्रमा छन् ।
उनीमाथि धम्क्याएको, यौन तस्करी गरेको, जर्बजस्ती वेश्यावृत्ति गराएकोलगायत आरोप छ । कम्बमाथि दुई दर्जनभन्दा धेरै यौन दुराचारको आरोप लागेको छ । तर उनले आफूमाथि लागेका सारा आरोपहरू झुटो भएको भन्दै आफू निर्दोष रहेको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण