रुपन्देहीमा अर्ग्यानिक मलको उत्पादन सुरु
बुटवल । नेपालमा मल अभावलाई कम गर्ने उद्देश्यसहित रुपन्देहीमा अर्ग्यानिक मल उत्पादन सुरु भएको छ । रुपन्देहीका उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अर्ग्यानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन ।
रोहिणी गाउँपालिकामा ग्रो मोर फर्टीलाइजर एण्डा केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको छ ।
आज भैरहवामा पत्रकार सम्मेलन गर्दै कम्पनीले मल उत्पादन गरेको जनाएको छ ।
माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटासियम मुख्य तत्त्वसहितको मल उत्पादन गरी बजारमा ल्याएको अग्रवालले बताए ।
पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरी दैनिक २ सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको उनले जानकारी दिए । मलको बजार मूल्य ५० किलोको १५ सय रुपैयाँमा रहेको छ ।
उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाँच हुनुका साथै सरकारको आधिकारिक ल्याबमा परीक्षण पछिमात्र बजारमा पठाउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण