पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्पादन, बिक्री तथा सेवनमा प्रतिबन्ध लगाएकोृ छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर गर्दै मङ्सिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिए ।
कसैले निषेध गरिएको गतिविधि गरेको पाइएमा कारबाही गर्ने काठमाडौँ प्शासनले चेतावनी दिएको छ । काठमाडौँ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालाचतुर्दशी पर्वको सुरक्षाका लागि पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राखे उद्देश्यले देहाएका चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्णरूपमा रोक लगाइएको छ ।’
‘कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने बेहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ’, विज्ञप्तिमा भनिएको छ । काठमाडौँ प्रशासनका अनुसार गौशाला, मित्रपार्क सडकदेखि पूर्वपशुपति क्षेत्रको पूर्वसिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणलगायत पशुपति क्षेत्रको सबै भू-भागमा माछामासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण