चार महिनामा १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात
शनिबार, १५ मङ्सिर २०८१, १७ : २१

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म (चार महिनाको अवधि) मा विभिन्न मुलुकबाट १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात भएको छ ।
चार महिनाको अवधिमा १४ करोड ३७ लाख ५० हजार रुपैयाँको १८५ ग्राम तौलका चल्ला १ लाख ४७ हजार २३७ वटा चल्ला आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ । अमेरिकाबाट पाँच करोड ६८ लाख १२ हजार रुपैयाँको ५६ हजार ६०८ चल्ला आयात भएको उल्लेख छ ।
दोस्रोमा स्पेनबाट दुई करोड ८३ लाख ३७ हजार रुपैयाँको १५ हजार ६८० वटा, तेस्रोमा एक करोड ९९ लाख ४९ हजार रुपैयाँको १४ हजार ७२८ वटा फ्रान्सबाट आयात भएको छ ।
यसैगरी भारतबाट एक करोड ९७ लाख ३० हजार रुपैयाँको ३६ हजार ३५८ वटा र मलेसियाबाट एक करोड ८९ लाख २२ हजार रुपैयाँको २३ हजार ८६३ वटा चल्ला आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप