चार महिनामा १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात
शनिबार, १५ मङ्सिर २०८१, १७ : २१
काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म (चार महिनाको अवधि) मा विभिन्न मुलुकबाट १४ करोडभन्दा बढीको कुखुराको चल्ला आयात भएको छ ।
चार महिनाको अवधिमा १४ करोड ३७ लाख ५० हजार रुपैयाँको १८५ ग्राम तौलका चल्ला १ लाख ४७ हजार २३७ वटा चल्ला आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ । अमेरिकाबाट पाँच करोड ६८ लाख १२ हजार रुपैयाँको ५६ हजार ६०८ चल्ला आयात भएको उल्लेख छ ।
दोस्रोमा स्पेनबाट दुई करोड ८३ लाख ३७ हजार रुपैयाँको १५ हजार ६८० वटा, तेस्रोमा एक करोड ९९ लाख ४९ हजार रुपैयाँको १४ हजार ७२८ वटा फ्रान्सबाट आयात भएको छ ।
यसैगरी भारतबाट एक करोड ९७ लाख ३० हजार रुपैयाँको ३६ हजार ३५८ वटा र मलेसियाबाट एक करोड ८९ लाख २२ हजार रुपैयाँको २३ हजार ८६३ वटा चल्ला आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण