बाघको आक्रमणबाट वडा अध्यक्षसहित २ जना गम्भीर घाइते
रौतहट । बाघको आक्रमणबाट रौतहटको गुजरा नगरपालिका १ का वडा अध्यक्षसहित २ जना गम्भीर घाइते भएका छन् । शनिवार बाघको आक्रमणबाट गम्भीर घाइते भएका वडा अध्यक्ष रामजीत चौधरी र सोही वडाका बौराई चौधरीको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।
घाइते दुवै जनालाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छन् । शनिवार बिहान अस्पताल भर्ना भएदेखि नै दुवै जना बेलुकीसम्म अचेत रहेको मधुले बताइन्।
गुजरा १ रङ्गपुर गाउँ छेउको लमहा खोलाबाट खेतमा पानी लगाइरहेका बेला बौराईलाई बाघले आक्रमण गरेको थियो । बौराईलाई बचाउन खोज्दा वडा अध्यक्ष चौधरी माथि पनि बाघले आक्रमण गरेको मधुले जानकारी दिइन् ।
बौराई र रामजीत बिच मितरी साइनो रहेको समेत उनले बताइन् । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले घटनाको पुष्टि गर्दै आवश्यक घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका २५ एसएसपीको पदस्थापन
-
प्रहरीका १७ एसपीको सरुवा, पर्सामा गौतम मिश्र
-
प्रहरीका १८ जना एसएसपीको सरुवा, काठमाडौँमा विश्व अधिकारी
-
जनप्रेम माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
-
हर्क साम्पाङप्रति महेश बस्नेतको टिप्पणी : अख्तियारले बयानमा बोलाएपछि विछिप्त भए
-
१० बजे १० समाचार : राजेन्द्रलाई धवलको चुनौतीदेखि चुनावी लडाइँमा क्रान्तिकारीसम्म