शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’

शुक्रबार, १२ असार २०८३, ११ : ४४
शुक्रबार, १२ असार २०८३

सारांश

  • आज शुक्रबारदेखि फिल्म ‘जाँड’ एकल प्रदर्शनमा आएको छ ।
  • मद्यपानले समाज र परिवारमा पार्ने असरको कथामा निर्माण भएको फिल्मलाई नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन् ।
  • यस फिल्मले कुसंस्कार र विकृतिविरुद्ध आमदर्शकमा सकारात्मक सन्देश दिने निर्देशक शाहले बताए ।

काठमाडौँ । आज शुक्रबारदेखि फिल्म ‘जाँड’ प्रदर्शनमा आएको छ । यो मितिमा प्रदर्शनमा आउने अन्य फिल्म नहुँदा यसले एकल प्रदर्शन अवसर पाएको हो । मद्यपानले समाज र परिवारमा पार्ने असरको कथामा निर्माण भएको फिल्म नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन् । फिल्मले कुसंस्कार र विकृतिविरुद्ध आमदर्शकमा सकारात्मक सन्देश दिने निर्देशक शाहले बताए ।

राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सान्बी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसीको अभिनय छ ।

सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन् । निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् । वितरकमा दीपक दंगालको नेसनल सिने ग्रुप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप