वेस्टर्न हस्पिटलद्वारा नेपालगञ्जमा विस्तृत क्रिटिकल केयर कोर्स सुरु
नेपालगञ्ज । वेस्टर्न हस्पिटलले क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा विस्तृत क्रिटिकल केयर कोर्सको औपचारिक सुरुआत गरेको छ।
पाँच हप्ताको यो प्रशिक्षण कार्यक्रमले क्रिटिकल केयर क्षेत्रमा कार्यरत नर्सहरूको सीप र दक्षता बढाएर बिरामीहरूलाई विश्वस्तरीय हेरचाह उपलब्ध गराउन सक्षम बनाउने उद्देश्य राखेको छ।
नेपाल मेडिकल एशोसिएसनको सभा हलमा आयोजित उद्घाटन समारोहमा कार्यक्रमको संयुक्त उद्घाटन डा. विनोद कुमार थापा (नेपाल मेडिकल एशोसिएसन, भेरी शाखा अध्यक्ष र वेस्टर्न हस्पिटलका अध्यक्ष), डा. कल्पना थापा (निर्देशक, वेस्टर्न हस्पिटल), कबिता सिटौला (उपाध्यक्ष-क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपाल), र बरुणा पौडेल (सह-कोषाध्यक्ष -क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपाल) द्वारा गरिएको थियो। साथै अन्य अतिथिहरूमा डा. निर्मल ज्ञवाली, डा. रूपानन्द अधिकारी, डा. किरण गुरुङ, डा. पारस पाण्डे, डा. रवि स्वार, र डा. प्रबिन गुप्ता लयायत अन्य अथितिको पनि कार्यक्रममा उपस्थिती रहेको थियो।
यो कार्यक्रमले सैद्धान्तिक ज्ञान, व्यावहारिक प्रशिक्षण, र केस-आधारित सिकाइको समन्वय गरी गहन पाठ्यक्रम प्रदान गर्दछ। सहभागीहरूले जटिल क्रिटिकल केयर केसहरूको व्यवस्थापन, अत्याधुनिक उपकरणहरूको प्रयोग, र प्रमाण-आधारित अभ्यासबाट बिरामीको स्वास्थ्य सुधार गर्ने विशेषज्ञता प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण