महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेको अग्रता
आइतबार, १६ मङ्सिर २०८१, २२ : २३

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सकीबुल खानले अग्रता लिएका छन् । खानले ३८९ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ३०३ मतसहित पच्छ्याइरहेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका जनीफ खान १६४ मतसहित तेश्रो स्थानमा रहेका छन् भने जसपाका नजामुद्धिन खान २६ मतसहित चौथो स्थानमा छन् ।