मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र

मङ्गलबार, १२ साउन २०८३, १५ : १८
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • महोत्तरीमा वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै चुरे तथा वन्यजन्तु संरक्षण अभियानले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
  • अभियानले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न र वनकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।
  • वन तथा प्राकृतिक स्रोतको संरक्षणमा खटिएका कर्मचारीमाथि हुने आक्रमणले कानुनी शासन र संरक्षण अभियानमै चुनौती सिर्जना गरेको अभियानले जनाएको छ।

काठमाडौँ । महोत्तरीमा वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गर्दै चुरे तथा वन्यजन्तु संरक्षण अभियानले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा (ललितपुर) मा ज्ञापनपत्र बुझाएको छ।

अभियानका केन्द्रीय अध्यक्ष सुनिल यादवको नेतृत्वमा मङ्गलबार पुगेको टोलीले नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण दुलाललाई ज्ञापनपत्र बुझाउँदै वनकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा वनकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेको हो।

p

ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष यादवले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहे पनि घटनाप्रति अपेक्षित रूपमा ठोस र प्रभावकारी कदम नचालिएको भन्दै ध्यानाकर्षण गराएका थिए। 

उनले वन तथा प्राकृतिक स्रोतको संरक्षणमा खटिएका कर्मचारीमाथि हुने यस्ता आक्रमणले कानुनी शासन र संरक्षण अभियानमै चुनौती सिर्जना गरेको उल्लेख गर्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए।

अभियानले सरकार तथा सम्बन्धित निकायलाई घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि यथाशीघ्र कडा कानुनी कारबाही गर्न, वनकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप