तिवारीको तेस्रो प्रयास सफल, हेटौंडा उपमहानगर-१२ मा कांग्रेस विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०३ : १३

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् । आइतबार सम्पन्न मतदानमा तिवारीले २ हजार ६३ ल्याई विजयी भएका हुन् ।
उनले ५०३ को मतान्तरले चुनाव जितेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रवि कुमार प्रधानले १ हजार ५६० मत पाए । एमालेका उम्मेदवार भने तेस्रो स्थानमा रहे । एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरे ।
पटक–पटक निर्वाचन हारेका तिवारी तेस्रो प्रयासमा भने चुनाव जित्न सफल भएका छन् । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा झिनो मतले पराजित भएका तिवारी उपनिर्वाचनमा भने विजयी भएका छन् ।
तिवारी २०७४ र २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसंग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन
-
अस्थिर राजनीतिले नेपालमा पनि बंगलादेशको जस्तै जनआक्रोश निम्त्याउन सक्छ ?
-
‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय