तिवारीको तेस्रो प्रयास सफल, हेटौंडा उपमहानगर-१२ मा कांग्रेस विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०३ : १३
मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् । आइतबार सम्पन्न मतदानमा तिवारीले २ हजार ६३ ल्याई विजयी भएका हुन् ।
उनले ५०३ को मतान्तरले चुनाव जितेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रवि कुमार प्रधानले १ हजार ५६० मत पाए । एमालेका उम्मेदवार भने तेस्रो स्थानमा रहे । एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरे ।
पटक–पटक निर्वाचन हारेका तिवारी तेस्रो प्रयासमा भने चुनाव जित्न सफल भएका छन् । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा झिनो मतले पराजित भएका तिवारी उपनिर्वाचनमा भने विजयी भएका छन् ।
तिवारी २०७४ र २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसंग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण