तीन वर्षायता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेन
सोमबार, १७ मङ्सिर २०८१, ११ : ०३
काठमाडौँ । नेपालमा तीन वर्षयता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेको छैन । नेपालमा तीन वर्षयता डेंगुबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झर्न नसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले देखाएको हो ।
सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगुबाट प्रभाभित हुँदा ८८ जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२३ मा ५१ हजार २४३ जान डेंगुबाट प्रभावित हुँदा २० जनाको मृत्यु भएको थियो ।
यस्तै, ईडीसीडीको पछिल्लो तथ्याङ्क अनुसार यो वर्ष सन् २०२४ मा ३२ हजार ७ सय जनामा डेंगु सङ्क्रमण हुँदा १३ जनाको मृत्यु भएको छ । डेंगुबाट मृत्यु भएका भनिएकाहरूमा विभिन्न दीर्घ रोग पनि रहेको पाइएको सरकारी अधिकारी बताउँछन् ।
अन्य रोग रहेकाहरूलाई डेंगु सङ्क्रान्ति पनि पुष्टि भएकाले मृत्यु हुँदा पनि डेंगुकै कारण मृत्यु भएको भनेर गणना गरिएको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण