सर्केगाड गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायमै
सोमबार, १७ मङ्सिर २०८१, १९ : ३४
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार ३०४९ मत गणना गर्दा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिनाले ११३७ मतसहित अग्रता कायमै राखेकी छिन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार सविता बुढाले १०९६ मत ल्याएर पच्छ्याइरहेकी छन् भने
एमालेका उम्मेदवार जाना शाहीले ७०० मत प्राप्त गरेकी छन् ।
त्यस्तै राप्रपाका उम्मेदवारले ४४ र रास्वपाका उम्मेदवारले १२ मत ल्याएका छन् भने ४९ मत बदर भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण