३५ दिनमा सकियो ‘फेरि रेशम फिलिलि’ को छायाङ्कन
काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिलि’ को छायाङ्कन सकिएको छ । ३५ दिनमा फिल्मको सबै छायाङ्कन सकिएको हो । ४५ दिनको सुटिङ सेडुल स फ्लोरमा निस्किएको फिल्मको छायाङ्कन निर्धारितभन्दा दश दिन अघि सकिएको हो ।
कलाकार र प्राविधिकको सहयोग र मिहिनेतका कारण फिल्म निर्धारित समय अगाडि र सोचेभन्दा राम्रो तवरबाट सकिएको निर्माता रौनकबिक्रम कडेलले बताए । फिल्मका निर्देशक निरोज महर्जन हुन् ।
निर्देशक महर्जनकै लेखन रहेको फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय छ ।
फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् । सिनेमा आर्टसको प्रस्तुति रहने फिल्म दि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।
सुजन प्रजापतिको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन रहने फिल्ममा पटकथा निरोज महर्जन र आकाश बरालको छ । कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको सङ्गीत फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण