बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

बिहीबार, २० मङ्सिर २०८१, २० : ५३
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार काठमाडौँको धुम्बाराहीबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्ट रहेका छन् ।  

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

गृहमन्त्री लेखकको सचिवालयले नक्कली पीएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो । सचिवालयकै आग्रहमा उनलाई पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पीए/सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन समेत आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप