बुटवलका मगर साहित्य महोत्सव सुरु
बुटवल । बुटवलमा मगर साहित्य महोत्सव सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा ‘प्रथम मगर साहित्य महोत्सव’ भएको हो ।
महोत्सवको एक समारोहका बिच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्दै मगरहरूले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि महत्त्वपूर्ण योगदान दिएको बताइन् । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै समुदायलाई समान रूपमा व्यवहार गर्ने गरेको बताए । उनले बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक बडापत्र ल्याएको बताए ।
शनिवारसम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता वाचन प्रतियोगिता तथा स्रष्टाहरूलाई सम्मान लगायतका कार्यक्रम हुने छन् ।
महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली वैज्ञानिक महावीर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गर्ने कार्यक्रम तय भएको छ । महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुति रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धी डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने उनले बताए ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संरक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचीन सामग्रीहरूको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ ।
महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता वाचन प्रतियोगिता हुने संयोजक रानाले बताए । देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरूको सहभागिता रहनेलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण