फोनमा पनि चुरोटको बट्टामा जस्तै चेतावनी
काठमाडौँ । स्मार्टफोनको लत आजको समयमा सबैभन्दा ठुलो लत बनेको छ । यो अन्य कुनै नशा वा कुलत भन्दा कम छैन । यसबाट मुक्त हुन हर कोहीलाई पनि गाह्रो छ । बालबालिकादेखि वृद्ध वृद्धासम्म सबैमा स्मार्टफोनको लत बसेको छ ।
सरकारले यसलाई अब चुरोट जस्ता लतको श्रेणीमा राखेको छ । स्मार्टफोनको लत पनि महँगो हुन्छ । यसले हाम्रो निद्रा, मानसिक स्वास्थ्य र व्यक्तिगत सम्बन्धहरूलाई समेत प्रभावित पार्छ । खासगरी किशोर र युवा वयस्कमा यसको असर बढी छ ।
स्पेनमा स्मार्टफोनको लतलाई महामारी घोषित
स्पेनले यो गम्भीर समस्यालाई ‘सार्वजनिक स्वास्थ्य महामारी’ भन्दै ठुलो कदम चाल्ने प्रस्ताव गरेको छ । स्पेनमा बिक्री हुने सबै स्मार्टफोनमा अब स्वास्थ्य चेतावनी राखिएकै हुनुपर्नेछ । यी चेतावनी चुरोटको प्याकेटमा राखिने चेतावनी सन्देश जस्तै हुनेछ ।
यसको उद्देश्य अत्यधिक स्मार्टफोन प्रयोग गर्दा हुने जोखिमबारे सचेतना जगाउने र मानिसहरूलाई विवेकपूर्ण रूपमा स्मार्टफोन प्रयोग गर्न प्रोत्साहित गर्नु भएको बताइएको छ । स्पेन सरकारले नियुक्त गरेको विज्ञ समितिले २५० पृष्ठको प्रतिवेदनमा यस्तो प्रस्ताव अगाडि सारेको छ ।
यस्तो छ सीमितको सिफारिस
स्मार्टफोन र डिजिटल सेवाहरूमा चेतावनी सन्देशहरू अनिवार्य हुनुपर्छ । प्रतिवेदनमा अत्यधिक प्रयोग र हानिकारक सामग्रीको जोखिमसम्बन्धी जानकारी सहित डिजिटल सेवाहरूमा अनिवार्य स्वास्थ्य चेतावनीहरू राख्न सिफारिस गरिएको छ ।
सन्देश सिगरेट प्याकेटहरूमा चेतावनी जस्तै हुनेछ । तर यसको भाषा अलि कम कठोर हुनेछ । केही एप र प्लेटफर्महरू प्रयोग गर्दा स्क्रिनमा सावधानी सन्देशहरू देखाउन सिफारिस गरिएको छ । बच्चाका लागि डिजिटल उपकरणमाथि प्रतिबन्ध लगाउनु पर्ने भनिएको छ । तीन वर्ष मुनिका बालबालिकाका लागि डिजिटल यन्त्रहरूको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन समेत सिफारिस गरिएको छ ।
तीनदेखि ६ वर्ष उमेरका बालबालिकामा यसको प्रयोग गर्न विशेष परिस्थितिहरूमा मात्र अनुमति दिन सिफारिस गरिएको छ । १२ वर्ष मुनिका बालबालिका माझ सामाजिक सञ्जालको प्रयोग निषेध गर्ने र १६ वर्षसम्मका किशोर किशोरीहरूलाई सीमित कार्यक्षमताका साथ ‘डम्बफोन’ प्रयोग गर्न प्रोत्साहन गर्ने सल्लाह दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण