विवापञ्चमीकाे स्वयंम्बर कार्यक्रम सम्पन्न
धनुषा । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ ।
आज जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबिच निस्केको डोला रङ्गभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीनपटक परिक्रमा गरेर स्वयंम्बर सम्पन्न भएको हो । साँझदेखि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाहमण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
तत्कालीन मिथिलाका राजा जनकले गरेको प्रतिज्ञाअनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो । त्यसपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव आयोजना गर्ने चलन रहेको छ ।
आज राति हुने सो वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीतहरू गाउने गर्छन् । विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
पार्टी र नेताहरूको आलोचनाका सवाल
-
भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी, १७ तस्बिरमा हेर्नुहोस्
-
पद थप्ने होमवर्कमा एमाले, विधान संशोधन गरेर वामदेवलाई वरिष्ठ उपाध्यक्ष !
-
आखेटोपहारसहित दुई जना पक्राउ