पत्रकारलाई कारबाहीको माग गर्दै धरानका मेयरले गृहमन्त्रीलाई लेखे पत्र
आइतबार, २३ मङ्सिर २०८१, १५ : ४१
काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले आफूविरुद्ध समाचार लेख्ने दुई जना सुनसरीका पत्रकारलाई कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् ।
नगर प्रमुख राईले गृहमन्त्रीलाई लेखेको पत्र आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न माग गरेका हुन् ।
उनले पत्रकारद्वयले आफूलाई नक्कली माओवादी भनेर समाचार लखेको र सामाजिक सञ्जालमा सेयर गरेर जननिर्वाचित नगरप्रमुख जस्तो पदलाई अपमान र अनादार गरेर भ्रम फैलाएको भन्दै यस्तो विकृति रोक्न पत्रमार्फत माग गरेका छन् ।
पत्रको बोधार्थ कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालय धरानलाई समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण