म पुटिनलाई राम्ररी चिन्छु यो उसले केही गर्ने समय हो : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेपछि टिप्पणी गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल टुथमा एउटा पोस्टमा उनले रुस र युक्रेन युद्धका बारेमा पनि आफ्नो धारणा राखेका छन् । ‘असाद गइसकेका छन् । उनले आफ्नो देश छाडिसकेका छन् । पुटिनको नेतृत्वमा रहेको रुसले अब उनलाई बचाउन चासो देखाएको छैन । त्यहाँ (सिरिया) रुसको उपस्थितिको कुनै कारण पनि थिएन’ ट्रम्पले लेखेका छन् ।
ट्रम्पका अनुसार युक्रेन युद्धका कारण सिरियामा रुसले चासो देखाएको छैन । युक्रेनसँगको युद्धमा ६ लाख रुसी सैनिक मारिएका छन् । रुस र इरान अहिले कमजोर देश बनेको पनि उनले लेखेका छन् ।
युद्धमा युक्रेनको चार लाख सैनिक र धेरै नागरिक मारिएकोले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युद्ध रोक्न रुससँग सम्झौता गर्न चाहने पनि उनले बताए ।
‘रुस र युक्रेनबिच तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । म भ्लादिमिर पुटिनलाई राम्ररी चिन्छु । यो उसले केही गर्ने समय हो । चीनले पनि उनलाई मद्दत गर्न सक्छ’ डोनाल्ड ट्रम्पले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्टरः टेक वन’ नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने
-
पर्वत केन्द्रबिन्दु भएर भूकम्प
-
कोशी मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन
-
क्रान्तिको विरासत सम्हाल्न तयार हुँदै नयाँ पुस्ता
-
अखिल क्रान्तिकारीको निर्वाचन : सापकोटालाई समर्थन गर्दै योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी
-
राजनीति आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको हो : उपप्रधानमन्त्री सिंह