म पुटिनलाई राम्ररी चिन्छु यो उसले केही गर्ने समय हो : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेपछि टिप्पणी गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल टुथमा एउटा पोस्टमा उनले रुस र युक्रेन युद्धका बारेमा पनि आफ्नो धारणा राखेका छन् । ‘असाद गइसकेका छन् । उनले आफ्नो देश छाडिसकेका छन् । पुटिनको नेतृत्वमा रहेको रुसले अब उनलाई बचाउन चासो देखाएको छैन । त्यहाँ (सिरिया) रुसको उपस्थितिको कुनै कारण पनि थिएन’ ट्रम्पले लेखेका छन् ।
ट्रम्पका अनुसार युक्रेन युद्धका कारण सिरियामा रुसले चासो देखाएको छैन । युक्रेनसँगको युद्धमा ६ लाख रुसी सैनिक मारिएका छन् । रुस र इरान अहिले कमजोर देश बनेको पनि उनले लेखेका छन् ।
युद्धमा युक्रेनको चार लाख सैनिक र धेरै नागरिक मारिएकोले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युद्ध रोक्न रुससँग सम्झौता गर्न चाहने पनि उनले बताए ।
‘रुस र युक्रेनबिच तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । म भ्लादिमिर पुटिनलाई राम्ररी चिन्छु । यो उसले केही गर्ने समय हो । चीनले पनि उनलाई मद्दत गर्न सक्छ’ डोनाल्ड ट्रम्पले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
-
मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण