शपथ लिनेबित्तिकै ट्रम्पले ६४५ जनालाई सजाय माफी दिने
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले सयौं जनालाई सजाय माफी दिने भएका छन् । जनवरी २० मा आफूले शपथ लिने बित्तिकै सन् २०२१ मा क्यापिटल हिलमा भएको हमलामा आफ्ना समर्थकहरूलाई माफी दिने बताएका हुन् ।
राष्ट्रपतिको चुनाव जितेपछिको पहिलो अन्तरवार्तामा ट्रम्पले यस्तो बताएका हुन् । ‘उनीहरू नर्कमा बाँचिरहेका छन्’ एनबीसीको मिट द प्रेस कार्यक्रममा उनले भने । सन् २०२१ मा क्यापिटल हिलमा भएको हमलामा १ हजार २५० जनाभन्दा बढीलाई दोषी ठहर्याइएको थियो । यसमध्ये ६४५ जनालाई केही दिनदेखि २२ वर्षसम्मको सजाय दिइएको थियो ।
पदको शपथ लिनेबित्तिकै पहिलो दिनदेखि नै आफूले तीव्रतासँग काम गर्ने पनि उनले बताएका छन् ।
के हो क्यापिटल हिल काण्ड ?
सन् २०२० को राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक नेता जो बाइडेनले जितेपछि अमेरिकामा हिंसा भएको थियो । त्यसपछि ट्रम्पका समर्थकहरूले २०२१ को जनवरीमा अमेरिकी संसद रहेको क्यापिटल हिललाई घेरा हाले । अनि तोडफोड पनि गरे । यो हिंसापछि अमेरिकी जाँच एजेन्सीले यो मामिलामाथि छानबिन गर्यो ।
२०२० को निर्वाचन हारेपछि ट्रम्पले ह्वाइट हाउस खाली गर्न पनि अस्वीकार गरेका थिए । यतिमात्रै होइन उनले सत्ता हस्तान्तरण गर्न पनि अस्वीकार गरेका थिए । तर दबाब बढेपछि ट्रम्पले समर्थकहरूको एउटा र्याली आह्वान गरे । अनि र्यालीमा उनले क्यापिटल हिलमाथि हमला गर्न भीडलाई उक्साए । ट्रम्पका समर्थकहरूले संसदमा हमला गरे । यस घटनामा प्रहरीसमेत कयौं मानिस घाइते भए । घटनामा संलग्न कयौंलाई पक्राउ गरियो र मुद्दा चलाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
-
कहिले होला सुदूरपश्चिम सरकारकाे बजेट पारित ?
-
६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
-
महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
-
जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
-
प्रधानमन्त्री कार्यालय ‘ब्याक’, विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण