चार महिनापछि बुटवल–नारायणघाट खण्डको निर्माण सुरु
मङ्गलबार, २५ मङ्सिर २०८१, १४ : ५१
काठमाडौँ । निर्माण अवधिको म्याद थप भएको चार महिनापछि बुटवल–नारायणघाट सडक खण्डको निर्माण सुरु भएको छ । २०७९ साउनमा निर्माण सकिनुपर्ने आयोजनाको दोस्रो म्याद गत साउनमा सकिएको थियो । त्यसपछि तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि गएको साउनमा म्याद थप गरिएको हो ।
बुटवल–नारायणघाट ११४ किलोमिटर सडक विस्तारको लागि २०७५ माघमा चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनलाई दिइएको थियो । दाउन्ने पूर्व र पश्चिम गरी दुई खण्डमा काम भइरहेको आयोजनाको हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत छ ।
उक्त आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको छ । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण