चार महिनापछि बुटवल–नारायणघाट खण्डको निर्माण सुरु
मङ्गलबार, २५ मङ्सिर २०८१, १४ : ५१

काठमाडौँ । निर्माण अवधिको म्याद थप भएको चार महिनापछि बुटवल–नारायणघाट सडक खण्डको निर्माण सुरु भएको छ । २०७९ साउनमा निर्माण सकिनुपर्ने आयोजनाको दोस्रो म्याद गत साउनमा सकिएको थियो । त्यसपछि तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि गएको साउनमा म्याद थप गरिएको हो ।
बुटवल–नारायणघाट ११४ किलोमिटर सडक विस्तारको लागि २०७५ माघमा चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनलाई दिइएको थियो । दाउन्ने पूर्व र पश्चिम गरी दुई खण्डमा काम भइरहेको आयोजनाको हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत छ ।
उक्त आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको छ । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता