बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

कुवेतमा पुर्‍याएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ

मङ्गलबार, २५ मङ्सिर २०८१, १६ : २१
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । कुवेतमा पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ५७ वर्षीय चन्द्र बहादुर आले मगर र मोरङ घर भएका ५१ वर्षीय पुष्प सुनार उर्फ पुष्प विक छन् । 

फ्री भिषा र टिकेटमा कुवेतमा पठाएर जागिर मिलाइदिने प्रलोभन देखाएर उनीहरुले एकजना महिलालाई २०८१ भदौ २३ मा दुबई पठाएका थिए । दुबईबाट कुवेतस्थित महिला एजेन्टकहाँ लगेर उनीहरुले बेचबिखन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

३ लाख रकम लिएर उनीहरूबाट बेचिएकी ती महिला कुवेतस्थित जाहरा शहरमा घरेलु कामदारको रूपमा चरम श्रम तथा यौनशोषणको सिकार भएकी थिइन् । प्रहरीको मानव बेचबिखन ब्यूरोको पहलमा उनलाई उद्धार गरेर काठमाडौँ ल्याइएको ब्यूरोका एसपी भावेश रिमालले रातोपाटीलाई बताए । 

पुष्प सुनुवारविरुद्ध यसअघि पनि ब्यूरोमा थप दुईवटा मुद्दा दर्ता भएको भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप