कुवेतमा पुर्याएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ
काठमाडौँ । कुवेतमा पुर्याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ५७ वर्षीय चन्द्र बहादुर आले मगर र मोरङ घर भएका ५१ वर्षीय पुष्प सुनार उर्फ पुष्प विक छन् ।
फ्री भिषा र टिकेटमा कुवेतमा पठाएर जागिर मिलाइदिने प्रलोभन देखाएर उनीहरुले एकजना महिलालाई २०८१ भदौ २३ मा दुबई पठाएका थिए । दुबईबाट कुवेतस्थित महिला एजेन्टकहाँ लगेर उनीहरुले बेचबिखन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
३ लाख रकम लिएर उनीहरूबाट बेचिएकी ती महिला कुवेतस्थित जाहरा शहरमा घरेलु कामदारको रूपमा चरम श्रम तथा यौनशोषणको सिकार भएकी थिइन् । प्रहरीको मानव बेचबिखन ब्यूरोको पहलमा उनलाई उद्धार गरेर काठमाडौँ ल्याइएको ब्यूरोका एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।
पुष्प सुनुवारविरुद्ध यसअघि पनि ब्यूरोमा थप दुईवटा मुद्दा दर्ता भएको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण