इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
मङ्गलबार, २५ मङ्सिर २०८१, २१ : ०९
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् ।
एनसिबि अवुधावी युएईको समन्वयमा त्यहाँ पक्राउ परेका रूकुम पश्चिम आठबिसकोट नगरपालिका–५का निराजन नेपालीलाई सम्बन्धित मुद्दामा कारबाही प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन ७ गते रेड नोटिस जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण