रुकुम पूर्वको पाखागाउँमा अटो दुर्घटना, १ जनाको मृत्यु, चालकसहित ४ घाइते
बालाराम शेर्पाली रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित पाखागाउँमा गएराति पौने ११ बजे रुकुमकोट तर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परेको छ ।
लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका वडा नम्बर ६ कि १२ वर्षीय विष्णु बुढाको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी हिम बहादुर केसीका अनुसार अटो दुर्घटनामा चालकसहित ४ घाइते भएका छन् । घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशीला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षका महेन्द्र बुढा र सोही गाउँपालिकाका अटो चालक तोप बहादुर कार्की घाइते भएका छन् ।
घाइते सबैलाई राति नै उद्धार गरेर एकजनाको अवस्था गम्भीर रहेकोले कोहलपुर पठाएको छ । अन्य तीन जना घाइतेलाई जिल्ला अस्पतालमा उपचाररत रहेका छन्। प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण